नायब सुब्बाको आम्दानी ४ करोड ८७ लाख,विशेष अदालतमा भ्रष्टाचार मुद्दा


काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायव नायब सुब्बा गणपति झाले जागिर अवधिमा चार करोड ८७ लख ३८ हजार २१० रुपैयाँ कमाएको खुलेको छ ।जसमध्ये २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ आम्दानीको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०३९ साल मंसिर ९ गते सार्वजनिक सेवा प्रवेश गरेका झाले २०७८ सम्‍म ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ आम्दानी गरेका थिए । जसमा उनको वैध आय २ करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ मात्र हुने अख्तियारको दावी छ ।

उनको स्रोत नखुलेको आम्दानी २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ भ्रष्टाचार मार्फत आर्जन गरेको भन्दै अख्तियारले रकम जफत र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही गर्न माग गरेको छ ।

झाले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
अवैध आर्जनको सम्पत्ति उनले घर निर्माण, जग्गा खरिद, अध्ययन खर्च, करुणाकर इन्टरप्राइजेज, न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स र नीति कन्सट्रक्सनका लागि खर्च गरेको अख्तियारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..