म नेता हुँ नेता भन्दै छाँति पिट्ने माकुनेलाई आफ्नै मन्त्रीहरुले टालो बनाएर फ्याँके : बास्कोटा

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपाललाई उनकै मन्त्रीहरुले टालो बनाएर फ्याँकेको टिप्पणी गरेका छन् ।

उनले सामाजिक संजालमा स्टाटस लेख्दै हिजो ओली को हो र उनको निर्णय मान्नुपर्ने भन्दै छाँति पिट्ने माधव आजै आफ्नै मन्त्रीहरुबाट फ्याँकिएको टालो बनेको टिप्पणी गरेका हुन् ।

‘हिजो ओली को हो र उनको निर्णय मान्नु पर्ने ? म नेता हुँ नेता, भनेर छाँती पिट्ने माधव नेपाललाई आज उनकै निर्णय उनकै मन्त्रीहरुले टालो बनाएर फाल्दिदा कस्तो लागेको होला म्यादी भित्र जादा उमेदवार बाहिर निस्कने उमेदवार मन्त्रीभित्र जादा म्यादी निस्कने दृष्य एक हप्तादेखि सदनमा देख्न पाइएकै छ,’ उनले भनेका छन् ।

नेपाली काँग्रेस नेतृत्वको सरकारले मन्त्रिमण्डल हेरफेरको तयारी भर्खरै गरिरहेको छ । तर सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले भने यसअघि नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु सिफारिस गरेको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त समय मन्त्रिमण्डल हेरफेर गर्न सहमति दिएका थिएनन् ।

यही समय नेता बास्कोटाले अध्यक्ष माधव नेपालको निर्णयलाई मन्त्रिहरुले अटेर गरेको भन्दै उक्त टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..