सशस्त्र प्रहरीद्वारा १७५ किलो गाँजा बरामद


सप्तरी । सशस्त्र प्रहरीको टोलीले सप्तरीबाट लागूऔषध गाँजा बरामद गरेको छ ।जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजबाट मिनी ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा बरामद भएको हो ।


पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२५ नम्बरको ट्रकलाई कोशी ब्यारेज चेक प्वाइन्टमा चेकजाँच गर्न खोजेपछि चालक र सहचालक फरार भएका थिए । त्यस क्रममा ट्रकभित्र हेर्दा गाँजा देखिएको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।

उनका अनुसार ट्रकमा ७ वटा बोरामा बाँधिएको अवस्थामा गाँजा भेटिएको छ । बरामद भएको ट्रकसहितको गाँजालाई अन्य अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरी निरीक्षक तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..