११ महिनामा ४ हजार ६५३ किलो सुन आयात

काठमाडौं । चालु आर्थिक बर्षको ११ महिना (साउनदेखि जेठसम्म) मा नेपालमा ४ हजार ६ सय ५३ किलो सुन आयात भएको छ । भन्सार विभागका अनुसार नेपालले ११ महिनामै उक्त परिमाणमा सुन आयात गरेको हो ।

यसमार्फत नेपालले ११ महिनामै ३२ अर्ब ६९ करोड रुपैयाँ विदेश पठाएको छ । पछिल्लो समय विश्वबजारमा बढेको सुनको मूल्यका कारण नेपालले गर्ने सुन आयात उच्च छ ।

सरकारले दैनिक १० किलो सुनमात्रै आयात गर्न पाउने व्यवस्था गरेपनि ११ महिनामा आयात भएको सुनलाई दिनमा भाग गर्दा दैनिक १४ किलो सुन आयात भएको देखिन्छ । यसमार्फत नेपालले प्रतिदिन ९ करोड ९० लाख ८९ हजार रुपैयाँ विदेश पठाईरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..