उषा विद्यालयमा रेड्क्रसको जिल्ला स्तरीय शिक्षक नायक गोष्ठी सम्पन्न


भरतपुर । भरतपुर महानगरपालिका वडा नं १५ मंगलपुरमा रहेको उषा इङ्लीस बोडिङ स्कुलमा जिल्ला स्तरीय शिक्षक नायक गोष्ठी सम्पन्न भएको छ। जिल्ला रेड्क्रस सोसाईटी,चितवनको प्राविधिक सहयोगमा संचालित उक्त गोष्ठीमा जुनियर युवा कार्यप्रणाली र मनोसामाजिक परामर्शको विषयमा प्रशिक्षण दिइएको हो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका उपसभापति तथा जुनियर युवा समितिका संयोजक रत्नप्रसाद सापकोटाले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।


बागमती प्रदेशका भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा रेडक्रसको जुनियर युवा कार्यप्रणाली र मनोसामाजिक परामर्शको विषयमा सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री हरिप्रसाद पौडेल,जिल्ला सभापति ज्ञानशाली न्यौपाने,वडाध्यक्ष श्रीकृष्ण देवकोटा,शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भूमिलाल सुवेदी,प्याब्सन चितवनका अध्यक्ष किर्तिनिधि अर्याल,रेडक्रसका केन्द्रीय निर्वतमान उपमहामन्त्री हरिप्रसाद न्यौपाने लगाउतले मन्तव्य राखेका थिए ।


कार्यक्रममा बार्षिक कार्ययोजना निर्माण, स्काउट मार्चपास तथा साँस्कृतिक नृत्य र रेडक्रस सम्बन्धी सन्देशमुदक नाटक प्रस्तुत भएको उषा इङ्लीस बोडिङ स्कुलका शिक्षक नायक दीपेन्द्र पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..