गाँजा खेतीबारे अध्ययन भैरहेको छ : मन्त्री गोबिन्द बन्दी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले गाँजा खेतीबारे सरकारले अध्ययन गरिरहेको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बन्दीले सरकारले गाँजा खेतीलाई खुला गर्ने सम्बन्धी मागका विषयमा अध्ययन सुरु गरेको स्पष्ट पारेका हुन् ।

गाँजा खेतीलाई खुला गर्नुपर्ने भनी संसदमा विधेयक दर्ता भएपछि सरकारले अध्ययन सुरु गरेको उनले जानकारी दिए ।

गाँजा खेतीको सन्दर्भमा कानुन आयोगलाई अध्ययन गरेर अन्य मुलुकको प्रचलन बुझेर नेपालमा कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न लगाइएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..