नेपाल इञ्जिनियरिङ कलेजका आरोपित सबैलाई सफाई


काठमाडौं । जिल्ला अदालत, भक्तपुर नेपाल इञ्जिनियरिङ कलेजमा अनियमितता गरेर ठगेको भन्ने आरोपबाट सञ्चालकहरुलाई सफाई दिएको छ । जिल्ला अदालतले कलेजको सञ्चालक हुँदा रकम हिनामिना गरेको भन्ने आरोपबाट उनीहरुलाई सफाइ दिएको हो ।

उनीहरुमाथि सामाजिक संस्थाको रुपमा स्थापित कलेजको सम्पत्ति दुरुपयोग गरेको आरोपमा मुद्दा चलेको थियो । प्रहरीको केन्द्रित अनुसन्धान व्यूरो(सिआईबी)ले कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने, सञ्चालकहरु रामरत्न उपाध्याय, लवराज भट्टराई, उपेन्द्र गौतम, रामकुमार श्रेष्ठमाथि ठगी गरेको आरोप लगाएको थियो ।

न्यायाधीश उमेश कोइरालाको इजलासले आरोपित सबैलाई सफाई दिएको हो । न्यौपानेमाथि ३३ करोड ७५ लाख, उपाध्यायमाथि ४ करोड ७० लाख, भट्टराईमाथि ६ करोड ३४ लाख, गौतममाथि ५ करोड ६९ लाख अनि श्रेष्ठमाथि २८ दाख ६४ रुपैंया विगो मागदावी गरेको थियो ।


उनीहरुमाथि सामाजिक संस्थाको रुपमा दर्ता नेपाल इञ्जिनियरिङ कलेजको आम्दानी दुरुपयोग गरेको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..