रकम अनियमितता गर्ने चारजनाविरुद्ध मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको राजापुर नगरपालिकास्थित सामुदायिक वन उपभोक्ता समूहले आम्दानी अनियमितता गरेको आरोपमा चारजनाविरुद्ध मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहले गैह्रकाष्ठ वन पैदावार बेत संकलन गरी लिलाम बिक्रीबाट समूहको खातामा जम्मा भएको रकम हिनामिना गरी हानिनोक्सानी गरेको आरोपमा निहानु थारु, सोहन प्यारी थारु, राधेश्याम र पारस गौतमविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

अख्तियारले उनीहरुसँग दुई लाख ७८ हजार ८४ रुपैयाँ बिगो र कैद तथा जरिवाना माग गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..