बिमलाको मन्त्री पद खोसिने

काठमाडौं । लुम्बिनी प्रदेशकी राज्यमन्त्री बिमला वलीलाई सरकारबाट हटाउने तयारी भएको छ । उनले तुल्सीपुरस्थित आलुमण्डीमा एकराज बस्नेतको घर पुगेर आक्रमण गरेको घटनापछि हटाउने तयारी भएको हो ।

बिमलाले विहानै एकराजको घर पुगेर उनकी पत्नी मीना भण्डारीलाई कुटपिट गरेको खुलेको छ । त्यसपछि मीनाले आफन्त र स्थानीयलाई बोलाएपछि नियन्त्रणमा राखिएको थियो । उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

बिमलाले एकराजलाई आफ्नो पोइ भन्दै मीनामाथि आक्रमण गरेका थिए । यो घटनाले विमला फेरि विवादमा परेकी छिन् ।

तत्कालीन नेकपा एमालेका प्रदेश सभा सांसद उत्तरकुमार वलीको निधनपछि बिमला उपनिर्वाचन लडेर विजयी भएकी थिइन् । त्यसपछि उनी एमाले र माओवादीमा जाने र फर्कने गरेर चर्चामा आइन् । बार्गेनिङ्ग गरेर राज्यमन्त्री सम्म बन्न सफल भइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..