१० महिनामा भित्रियो ८ खर्ब १२ अर्ब रेमिट्यान्स


काठमाडौं । वैशाख महिनामा रेमिट्यान्स आप्रवाहमा थप सुधार भएको छ । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लगातारजसो रेमिट्यान्स आउने क्रममा गिरावट देखिएको थियो ।गत फागुन महिनादेखि केही सुधार हुन थालेको रेमिट्यान्स आप्रवाहको वृद्धिदर वैशाख महिनामा आएर धनात्मक विन्दुमा पुगेको छ ।

२०७८ साउनदेखि २०७९ वैशाखसम्मको विप्रेषण आप्रवाह ०.२ प्रतिशतले बढेर ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।


अमेरिकी डलरमा हेर्दा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कम भएर ६ अर्ब ७६ करोड डलरमा छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।
साउनदेखि वैशाखको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या पनि बढेको छ ।

यो अवधिमा लाख ७८ हजार २९८ जनाले विदेश जान नयाँ श्रम स्वीकृति लिएका छन् ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेसिने नेपालीको संख्या ५४.० प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..