वडाध्यक्ष भेट्न घरमै पुगे बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार १६ नं वडाका अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् ।बालाजुस्थित रिजालकै घरमा बालेनले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारबाहीलाई सहज बनाउने विषयमा सुझाव मागेका थिए ।

बालेनले रिजालको कार्यशैलीबाट आफु प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए । बालनेले रिजालको घरमा झन्डै दुई घन्टा बिताएका थिए । रिजालले आफू पार्टीभन्दा माथि उठेर मेयरका जनमुखी र जायज अभियानमा सहयोग गर्ने बताए ।

भेटमा सहभागी कलाकार अर्जुन घिमिरे पाँडेले जनप्रतिनिधिसँग परामर्श गर्ने योजनाअनुसार आजको भेटघाट भएको बताए ।
महानगरको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषय उठाएपछि वडाध्यक्ष रिजाल सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..