बजारमा अचाक्ली मूल्यवृद्धि, सरकार निरीह, गरिब मारमा

काठमाडाैँ । बजारमा अचाक्ली मूल्यवृद्धि भएको छ। महँगी बढ्दा उपभोक्ता मारमा परेका छन्। दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य बढ्दा न्यून आम्दानी भएका गरिब परिवारलाई भान्सा चलाउन सकस भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मूल्यवृद्धि ७.८७ प्रतिशत पुगेको छ।

यो पोहोरको भन्दा शतप्रतिशत बढी हो। गत वर्षको वैशाखमा ३.६५ प्रतिशत रहेको मुद्रास्फीति बढेर यो वर्षको वैशाखमा ७.८७ प्रतिशत पुगेको छ। युक्रेन–रुस युद्ध, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डलर सटही दरमा वृद्धिलगायत कारणले बजारमा महँगी बढेको हो। खाने तेल, चामल, दाल, मासु, डिजेल, पेट्रोल, निर्माण सामग्री लगायत सबै क्षेत्रमा मूल्य बढेको छ।

दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिको मारमा उपभोक्ता छन्। विशेषगरी विद्यार्थी, निम्न आय भएका परिवार र दैनिक ज्यालादारी गरेर खर्च चलाउनेलाई छाक टार्न कठिन भएको छ। मूल्यवृद्धिले गरिबलाई दैनिक व्यवहार चलाउन हम्मे परेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए। ‘बजारमा दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य बढेको छ,’ उनले भने, ‘महँगी बढ्दा विपन्न परिवार थप समस्यामा परेका छन्।’

खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.१३ प्रतिशतले बढेको छ भने सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ, तेल, फलफूल, दुग्ध पदार्थ, अन्डा, दाल, गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २४.८६ प्रतिशत, १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..