रात्रि क्लवमा गुण्डागर्दी प्लाटिनम डिस्कोमा युवकमाथि ‘काभ्रेली समूह’को आक्रमण


काठमाडौं । दरबारमार्गको प्लाटिनम डिस्कोमा ‘काभ्रेली समूह’ले एकजना युवकलाई आक्रमण गरेका छन् । बिहीबार बिहान साढे ३ बजेतिर बालुवाटार बस्ने प्रतिष भास्कर सिंह काभ्रेली समूहको आक्रमणबाट घाइते भएका छन् ।

कुमार घैंटेको इन्काउन्टरपछि रात्रि क्लवहरुमा गुण्डागर्दीमा संलग्न समूहको ग्याङ वार बन्द भएको थियो । तर, पछिल्लो समय काठमाडौंमा गुण्डागर्दी मौलाएको सुरक्षा अधिकारीहरु बताउँछन् । आक्रमण गर्नेहरु बिरुद्ध पीडित सिंहको परिवारले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएका छन् ।

आक्रमणमा काभ्रेको नमोबुद्ध नगरपालिका घर भएका सञ्जय लामा, कुलध्वज लामा उर्फ कुले र डलर भनेर चिनिने डलर लामा लगायत संलग्न रहेको बताइएको छ । ६–७ जनाको समूहले आक्रमण गर्दा घाइते सिंहको टाउकोमा ७ ओटा टाँका लगाइएको छ ।


घटनाबारे प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दर्ता गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीलेबताए । ‘पीडितलाई न्याय र पीडतकलाई सजाय दिलाउने कार्यमा प्रहरी कटिबद्ध छ’ एसपी मैनालीले भने–‘गुण्डालाई टाउको उठाउन दिँदैनौँ ।’

जिल्ला प्रहरी जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यसबारे अनुसन्धान गरिरहेका छन् ।प्लाटिनम डिस्को काभ्रे घर भएका सञ्जय लामा र मिलन कार्कीले सञ्चालन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..