गण्डकी मेडिकल कलेजको कारोबार १ अर्ब ६० लाख

काठमाडौं। कास्कीको गण्डकी मेडिकल कलेजले सन् २०२१ मा एक अर्ब सात करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ। मेडिकल कलेजसँगै गण्डकीले ५५० शय्याको अस्पताल संचालन गरिरहेको छ।कोरोना महामारीको प्रभाव कायमै रहँदा पनि गण्डकीले ११ प्रतिशतले व्यापार वृद्धि गर्न सफल भएको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ।

११ प्रतिशतको कारोबार वृद्धिमा अस्पतालको आम्दानीको हिस्सा २६ प्रतिशत रहेको बताइएको छ। शैक्षिक सत्र २०२०/२१ को भर्ना ढिलो हुँदा ब्याचबाट हुने आम्दानी भने सात प्रतिशतले घटेको इक्राले जनाएको छ। प्रति बिरामी मेट्रिक्स बढ्दा अस्पतालको आम्दानी बढेको बताइएको छ। २०२१ मा समग्र बिरामीको संख्या भने घटेको छ। २०२२ को नौ महिनामा ओपीडी बिरामीको संख्या २३ प्रतिशतले बढेको इक्राले जनाएको छ।


त्रिभुवन विश्वविद्याल इन्टिच्युट अफ मेडिसिन (आइओएम) बाट चिकित्सा शिक्षा अध्यापनको सम्बन्धन पाएको गण्डकी मेडिकल कलेजले २०२० मा ९७ करोड रुपैयाँको कारोबार गरेको थियो। २०१९ मा ८८ करोड ८० लाख रुपैयाँ र २०१८ मा ८९ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो।
गण्डकी मेडिकल कलेजले विदेशी विद्यार्थीका लागि कोटा छुट्याए पनि अहिलेसम्म एकजना पनि भर्ना भएका छैनन्।

गण्डकीले एमबीबीएस, बीडीएस, बिएससी नर्सिङ, बीएनएस, एमआइटी, बिएससी एमएलटी, बिपिएच, बिफार्मा विषय अध्यापन गराउँदै आएको छ।
गण्डकी मेडिकल कलेजले ९८ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ गराएको छ। ८४ करोड ५० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि ए डबल बी माइनस र १३ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जालाई ए फोर रेटिङ इक्राले पुन:पुष्टि गरेको छ।त्यसैगरी, ललितपुरको किस्ट मेडिकल कलेजको कारोबार पनि सामान्य बढेको छ।

किस्टले सन् २०२१ मा ५२ करोड ७० लाख रुपैयाँ कारोबार (अपरिष्कृत) गर्ने भएको छ। २०२० मा किस्टले ५२ करोड ४० लाख रुपैयाँ कारोबार गरेको थियो। किस्टले २०१९ मा ५० करोड ६० लाख रुपैयाँ र २०१८ मा ४१ करोड ६० लाख रुपैयाँ कारोबार गरेको थियो।


किस्टले पनि एमबीबीएस, बीडीएस, पीजीसँगै पारामेडिक विषयहरु बिफार्मा र बिएससी-एमएलटी अध्यापन गराउँदै आएको छ। किस्टले पनि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको छ।किस्टको अकुपेन्सी २०२२ को पहिलो ६ महिनामा ६४ प्रतिशत रहेको छ। जबकी २०१८ मा यो ५६ प्रतिशत थियो। किस्टले ५५० शय्याको अस्पताल संचालन गरिरहेको छ।

किस्ट मेडिकल कलेजको अध्यक्ष आशिष थापा हुन्। किस्टले एक अर्ब ५० करोड रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ गराएको छ। किस्टले इक्राबाट एक अर्ब ११ करोड २७ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एल बी प्लस र ३८ करोड ७३ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ए फोर रेटिङ पाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..