विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

रुपन्देही । ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं धुम्बाराही बस्ने पाल्पा तिनाउ गाउँपालिका-३ घर भएका ४० वर्षीय जित बहादुर गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देही पठाइएको छ ।

यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं थानकोट बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-१ घर भएका ३४ वर्षीय अमर बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूरमा ६२ लाख ३३ हजार रुपैयाँ विगो तोकी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं माकलबारीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।

यसैगरी बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं जडिबुटि बस्ने धनुषा लक्ष्मिनिया गाउँपालिका-२ बस्ने ३९ वर्षीय हसन साफीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूरमा ९५ लाख रुपैयाँ विगो तोकी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बत्तिसपुतलीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..