वृद्धाको हत्या गरेको आरोपमा पक्राउ

बाँके । वृद्धाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सोमबार राति नेपालगञ्ज–१८, कारकाँदोकी ७० बर्षीया लिलावति गुप्ताको सोही ठाउँका ३० बर्षीय शिव भन्ने कुमार बुढईले हत्या गरेको प्रहरीले जनाएको छ ।


सामान किन्ने विषयमा भएको विवादका कारण वृद्धालाई कुटपिट गरिएको र उपचारका क्रममा उनको मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी श्याम अधिकारीले जानकारी दिए ।

कुटेर फरार भएका बुढईलाई गएराती नै नेपालगञ्ज –१५ को जमुनाहबाट पक्राउ गरिएको एसपी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..