देउवाद्वारा महन्थको लोसपालाई उपसभामुखसहित २ मन्त्रीको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउन खोजेका छन् । उनले कुनैपनि बेला कम्युनिस्ट पार्टी एक हुनसक्ने देखेपछि वृहत लोकतान्त्रिक एकताको विकल्प अहिले नै तयार गरिराख्न लोसपालाई पनि समेट्न खोजेको बुझिएको छ ।

देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई शनिबार भेटेका थिए । विश्वस्त स्रोतका अनुसार देउवाले लोसपालाई उपसभामुखसहित २ मन्त्री दिने प्रस्ताव गरेका थिए । जवाफमा ठाकुरले वृहत लोकतान्त्रिक एकतामा जानुपर्नेमा जोड दिएका थिए ।

लोसपा नेताहरुसँग देउवाका दूतहरुले भेटघाट तिव्र पारिरहेका छन् । राजनीतिक घटनाक्रम तिव्र रुपमा विकास भइरहँदा देउवाले महन्थलाई समेत समेटेर जाने रणनीतिक चालेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..