चीन फर्किंदै नेपाली विद्यार्थी

काठमाडौं । चीनमा उच्च शिक्षा अध्ययनरत रहँदा कोभिड–१९ को महामारी फैलिएपछि स्वदेश फर्किएका विद्यार्थीलाई फेरि उतै लैजाने प्रक्रिया सुरु भएको छ ।

विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थी कोभिड–१९ को सङ्क्रमण बढेर चीनले बन्दाबन्दीको घोषणा गरेपछि विभिन्न समयमा स्वदेश फर्किएका थिए । तीमध्ये केही विद्यार्थीलाई सरकारले विमानमार्फत फिर्ता ल्याएको थियो भने केही विद्यार्थी आफ्नै खर्चमा फर्किएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्यतिखेर ८८९ जना विद्यार्थी स्वदेश फर्केका थिए ।

स्वदेश फर्किएका विद्यार्थीमध्ये एमबीबीएस, एमडी, इन्जिनियरिङ, भाषा, विद्यावारिधि तथा सामान्य धारका विषयमा अध्ययनरत थिए ।
स्वदेश फिर्ता भएका विद्यार्थीमध्ये पहिलो चरणमा २८१ जनाको सूची तयार गरेर पुनः भिसा प्राप्तिको लागि आवश्यक प्रक्रिया सुरु गर्न मन्त्रालयले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..