तारा एयरले एक साता पोखरा–जोमसोम उडान नगर्ने

काठमाडौं । तारा एयरलाइन्सले एक साता पोखरा–जोमसोम उडान नगर्ने भएको छ । एक हप्ता उडान नगर्ने एयरलाइन्सको निर्णयसँगै पोखरा–मुस्ताङको टिकट पनि बन्द हुने भएका हुन् ।

त्यस्तै, आज तारा एयरका सबै उडान स्थगित भएका छन् । मौसम विभागले इनरुटको मौसम नदिएपछि मौसम राम्रै भएपनि उडान रद्द गरिएको एयरलाइन्सले जनाएको छ ।

तर, जल तथा मौसम विभागले भने आन्तरिक उडानको लागि इनरुट मौसमी पुर्वानुमान गर्न नसक्ने बताएको छ । आज एक सुचना जारी गर्दै विभागले आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सुचना मात्रै दिँदै आएको उल्लेख गरेको छ।

सरकारले गत जेठ १५ गते विमान दुर्घटनापछि इनरुट सफा नभएसम्म उडान नगर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..