‘ठमेलदेखि नयाँ बसपार्क क्षेत्रलाई व्यवस्थित बनाइने’

काठमाडाैं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलदेखि नयाँ बसपार्क क्षेत्रलाई व्यवस्थित बनाइने भएको छ । काठमाडौँ महानगरपालिका–२६ का नवनिर्वाचित वडाध्यक्ष ख्यामराज तिवारीले आज पदभार ग्रहण गर्दै उक्त क्षेत्रलाई व्यवस्थित र नमूना क्षेत्र बनाउने बताए । ‘ठमेल घुम्न आएका विदेशी पर्यटकलाई नयाँ बसपार्क घुम्न जाने वातावरण निर्माणमा वडा लाग्नेछ’, उनले भने ।

दोस्रोपटक पुनः वडाध्यक्ष निर्वाचित हुनुभएका तिवारीले आफ्नो पहिलो कार्यकालमा ऐन, नीति, नियम निर्माण र वडा कार्यालयको भवन निर्माणमा बितेको भन्दै आगामी कार्यकालमा वडाभित्रका समस्या समाधानमा काम गर्ने बताए ।

अघिल्लो कार्यकालमा वडा कार्यालय भवन निर्माण, लैनचौर खेल मैदान निर्माण, मल्ल होटलदेखि ठमेल क्षेत्रको बाटो चौडाइ, भगवानबहाल मन्दिर पुनःनिर्माण, ठमेलेश्वर महादेव मन्दिरको भजन घर निर्माण, लैनचौरस्थित नारायण मन्दिर निर्माण, शान्ति विद्या गृह स्कुलको भवन पुनःनिर्माण र विभिन्न बाटोहरु कालोपत्र गरेको उनको भनाइ थियो ।

मेलम्ची खानेपानी आयोजनाको काम र विद्युत् प्राधिकरणको कामले गर्दा कतिपय बाटाहरू कालोपत्र रोकिएको भन्दै यसलाई समेत चाँडो सम्पन्न गरिने वडाध्यक्ष तिवारीले बताए । वडाध्यक्ष तिवारीसँगै आजै वडा सदस्य बाबुकाजी महर्जन, प्रवेश श्रेष्ठ, शान्ता प्रजापति महर्जन र रुपा नेपालीले पनि वडा कार्यालय पुगेर आफ्नो पदभार ग्रहण गरे ।

सोही अवसरमा नेपाल महिला एकता समाजले वडाध्यक्ष तिवारीलगायत सम्पूर्ण नवनिर्वाचित जनप्रतिनिधिलाई भेटेर सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । भेटमा समाज काठमाडौँकी अध्यक्ष मणि लामाले सुरक्षित बसोबास, सुनिश्चित अधिकार र हिंसामुक्त समाज निर्माणका लागि वडाको ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले महिला अधिकारका लागि काम गर्नसमेत वडालाई आग्रह गरे ।

विसं २०५७ मा स्थापना भएको नेपाल महिला एकता समाजले महिला हक, हित र अधिकारका लागि काम गर्दै आइरहेको लामाको भनाइ छ । काठमाडौँ महानगरपालिका–२६ मा ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुसी, म्हैपी, नयाँ बसपार्क, गोँगबु, टाउन प्लानिङ, रानीबारीलगायत क्षेत्रहरू पर्दछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..