उदयपुर । त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेसका वसन्त बस्नेतको जित पक्का भएको छ ।३८ हजार ३७४ मतगणना हुँदा बस्नेतले १३,२६३ मत ल्याएर जित पक्का गरेका हुन् ।
दोस्रो स्थानमा रहेका एमालेका भागवत राउतको ११,२३२ मत छ । राउतको भन्दा बस्नेतको मत २०२३ ले बढी छ । जबकि गणना हुँन बाँकी १८०५ मात्रै छ ।
यस्तै, तेस्रोमा रहेका नेकपा (एकीकृत समाजवादी)का बलदेव चौधरीको ८, ८९९ मतमात्रै छ ।उपमेयरमा भने एमालेकी महेश्वरी राईको अग्रता रहेको छ ।
उनले १२, ८७६ मतका साथ अग्रता कायम राखेकी छन् भने कांग्रेसकी सरिता राई ११,४५१ मतका साथ दोस्रो स्थानमा छन् ।अहिले वडानम्बर १० र ११ को गणना जारी छ ।


