काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका २२ मध्ये १० जनाको शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएको छ ।
सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका शब साढे सात बजे टिचिङ अस्पताल लगिएको हो ।तारा एयरले विज्ञप्तिमार्फत २२ मध्ये २१ जनाको शव फेला परेको र तीमध्ये १० जनाको नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको जनाएकाे छ ।
टिचिङ अस्पतालमा ल्याइएको शवको फरेन्सिक मेडिसिन विभागमा पो ष्टमार्टमा गरेर आफन्तलाई शव बुझाइने बताइएको छ । बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको तारा एयरले जनाएको छ । हाल उद्धार टोलीले एक जनाको शव खोजी गरिरहेको छ ।


