जुवा मुद्दामा फरार रहेका पक्राउ


जनकपुरधाम । धनुषा प्रहरीले जुवा मुद्दामा जिल्ला अदालतबाट जरिवाना तोकिएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ बर्षीय कैलाश चौधरी छन् । चौधरीलाई धनुषा जिल्ला अदालतले २०७४ साल साउन ५ गते जुवा मुद्दामा रु ५० हजार रुपैयाँ जरिवाना तोक्ने फैसला गरेको थियो ।


अदालतको फैसलापछि फरार भएका चौधरीलाई जनकपुरधाम १ रेल्वे स्टेशन क्षेत्रबाट पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।आईतबार पक्राउ परेका चौधरीलाई सोमबार धनुषा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..