हवाई दुर्घटनाको अनुसन्धान गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हवाई दुर्घटनाको कारण पत्ता लगाई आवश्यक सावधानी र सचेतना अपनाउन सम्बन्धित सबैमा अपिल गरेका छन्।

अध्यक्ष प्रचण्डले आज एक विज्ञप्तिमार्फत मुस्ताङमा भएको पछिल्लो हवाई दुर्घटनाले केही गम्भीर प्रश्न खडा गरेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।

पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम जाने क्रममा आइतबार बिहान थासाङ गाउँपालिका–२ स्थित पटके लेकको सानोसोरा भन्ने स्थानमा तारा एयरको जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका तीन सदस्य र १९ जना यात्रुको निधन भएको खबरले आफू मर्माहत भएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

उक्त दुःखद घटनामा परी निधन भएका विमान कर्मचारी र सम्पूर्ण यात्रुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनले शोकाकुल परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गरेका छन्।

उनले भने, ‘भौगोलिक विकटताका बाबजुद नेपालमा हवाई यात्रा सुरक्षित र भरपर्दो हुँदाहुँदै पनि बेलाबेलामा हुने यसबाट दुर्घटनाको न्यूनीकरण र जनधनको क्षति कम गर्न सकिने विश्वास लिएको छु । साथै, यस दुर्घटनाको अनुसन्धानका लागि एक टोली बनाई सत्यतथ्य जनसमक्ष ल्याउन पनि म सरकारसँग विशेष आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..