प्रधानमन्त्री देउवाद्वारा विमान दुुर्घटना घटनाप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त भई विमानमा सवार सबैको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज ट्विटरमार्फत यस अकल्पनीय दुर्घटनामा जीवन गुमाएका विमान चालक दलका सदस्यहरु र यात्रुहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक विमान मुस्ताङको थसाङ गाउँपालिका–२ सानोस्वारे भिरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १९ यात्रु र चालक दलका तीन सदस्य गरी २२ जनाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..