सम्पर्कविहीन तारा एयरको विमानमा धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि

काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको एउटा विमानमा धनुषाका एकै परिवारका सातजना रहेको पुष्टि भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको उक्त जहाज हिजो बिहानदेखि सम्पर्कविहीन छ ।

सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ जना सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११, लोटागाउँका सातजना रहेको पुष्टि भएको छ ।

विमानमा राजनकुमार गोले, उनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । उनीहरू मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने गाउँले चिन्तित भएका छन् ।

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ जना सवार रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..