सीमा क्षेत्रमा हुने विभिन्न सम्भावना र चुनौतीका विषयमा छलफल

झापा । सीमा क्षेत्रमा हुने विभिन्न सम्भावना र चुनौतीको विषयमा भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्मा, कोलकत्तास्थित महावाणिज्य दूत इश्वरराज पौडेल र झापा मेचीनगरका सरोकारवालाहरूसँग छलफल भएको छ ।

आइतबार पश्चिम भारतको कोलकत्तामा मेचीनगर नगरपालिका वडा नं ४ का नव निर्वाचित वडाध्यक्ष अर्जुनकुमार कार्कीसहित सारोकारवालाहरुको टोलीले राजदूत शर्मा र महावाणिज्य दूत पौडेलसँग सिमा क्षेत्रका सम्बन्धमा विभिन्न विषयमा छलफल गरेको हो ।

वडाध्यक्ष अर्जुन कार्कीले सीमा क्षेत्रबाट हुने लागू औषधको तस्करी तथा कारोबार, चुरे क्षेत्रको दोहनमा द्वि–देशीय समझदारी सम्बन्धमा, हात्ती समस्या र पर्यटनसँग जोड्ने प्रयास आदिको बारेमा समस्या तथा समाधनको लागि गरिनुपर्ने कार्यहरुको बारेमा सुझाएका थिए ।

मेचीनगर ४ को लागि एउटा एम्बुलेन्स तथा सिमाबाट हात्ती नेपालमा छेक्न प्रयोग गरिने गाडिको लागि पनि पहल गरिने आस्वशन राजदुत शर्माले दिएका छन् । सिमाका कतिपय समस्याहरु स्थानिय स्तरबाटै सिडिओ तथा सुरक्षा अधिकारीहरुले समन्व्यात्मक कार्य गरेर समाधानको बाटो पहिल्याउन सकिने राजदूत शर्माले बताए ।

नीतिगत कुराहरुमा समन्वय गरेर नयाँ मेची पुलबाट सहजै आवतजावत गर्न पहल गर्ने महावाणिज्य दूत पौडेलले प्रविबद्धता व्यक्त गरे । मेची भन्सार र रानिगञ्ज भन्सारको सम्बन्ध मजबुत गरी पैठारी र ढुवानी दुवै सहज बनाउन कोलकत्ताबाट गर्नुपर्ने सबै काममा आफूँहरुले थप सहजीकरण गर्ने उनले बताए ।

विश्व वातावरण दिवसको अवसरमा जेठ २२ गते मेचीनगर(४ मा आयोजना गरिने कार्यक्रममा निम्तो लिएर गएको टोलीलाई कोलकत्तास्थित महावाणिज्य दूतको कार्यालयबाट हुनसक्ने सबै किसिमको सहयोग समेत गर्ने पौडेलले आवश्वसन दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..