काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कैलालीको अत्तरिया र सुर्खेतमा जडिबुटी उद्योग स्थापना गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै जडिबुटी उद्योगको स्थापना गर्ने घोषणा गरेका हुन् ।
नेपालको जडिबुटीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले जडिबुटी उद्योग स्थापना गर्न लागेको उनले जानकारी दिए । जडिबुटी उत्पादन तथा प्रशोधनमा संलग्न हुनेहरुलाई विशेष सहुलियतको व्यवस्था गरिने जनाइएको छ ।


