सत्ता गठबन्धनतर्फ संकेत गर्दै केपी ओ‌लीले भने- अनुचित दुष्प्रयास धेरै दिन टिक्दैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पुरा गर्ने बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक, परिवर्तनकारी, विकास मुखी पार्टी भएको बताए।

आजकै दिनमा हामीले जननिर्वाचित संविधानसभाद्धारा राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्दै बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा गरेका थियौँ।’ ओलीले भनेका छन् ।

अहिलेको सत्तारुढ गठबन्धनतर्फ संकेत गर्दै उनले जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासले केही समय अवरोध पुर्‍याए पनि थाती रहेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाइमा पुर्‍याउन सबै तह र तप्कासँग एमाले सधैं सँगै रहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..