लुकिरहेको अवस्थामा बानेश्वरबाट पक्राउ परे पूर्वडीआईजी कोइराला

काठमाडौं । सर्वाेच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि फरार रहेका सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइरालालाई बानेश्वरबाट पक्राउ गरिएको छ ।

शुक्रबार बानेश्वरस्थित एक घरमा लुकिरहेको अवस्थामा पूर्वडिआइजी कोइरालालाई पक्राउ गरिएको हो । श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजाय खेपिरेहका कोइराला २०७७ साउन ८ गते अदालतबाट छुटेका थिए । त्यतिबेला अदालतले जन्मकैदको सजाय घटाएर साढे ८ वर्ष कैद सजाय तोकेको थियो ।

तर, बिहीबार कामु प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीश टंक मोक्तान र कुमार चुँडालको पूर्ण इजलासले कोइरालालाई यसअघि दिने भनिएको कैद छुट उल्ट्याएको थियो । संयुक्त इजलासले कोइरालालाई जन्मकैदकै सजाय तोकेको थियो ।

सर्वाेच्चको बिहीबारको फैसलापछि कोइराला फरार रहेका थिए । तर, शुक्रबार सम्पर्कविहीन कोइराला बानेश्वरस्थित एक घरमा लुकिरहेको अवस्थामा फक्राउ परे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..