ओलीले ‘राज्यलाई सम्पत्ति दिने कोही छ’ भनेपछि झलनाथ खनालले भनेः राज्यलाई ५५ रोपनी पैत्रिक जग्गा दिएँ

काठमाडौं । प्रतिनिधि सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कडा रुपमा प्रस्तुत भए । उनले आफूले सबै सम्पत्ति राज्यलाई बुझाएँ भनेँ । आफूलाई भ्रष्टाचारको आरोप लगाउने विपक्षी नेताहरुलाई चुनौती दिए ।

ओलीले ३ घन्टा लामो बोलेर नेताहरुलाई चुनौती दिएपछि नेकपा एसका सम्मानित नेता समेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले कडा जवाफ दिए । उनले आफू ओलीभन्दा पहिले एमालेको अध्यक्ष र प्रधानमन्त्री बनिसकेको सुनाए । ‘उहाँले सबै श्री सम्पत्ति राज्यलाई बुझाएँ, अरु कोही छ भन्नुभयो ? मलाई त्यसको जवाफ दिन खसखस लाग्यो’, खनालले ओलीको बोलीको जवाफमा भने,‘मैंले धेरै पहिले इलाममा रहेको पैत्रिक सम्पत्तिका रुपमा रहेको ५५ रोपनी जग्गा सीटीइभीटी निर्माण गर्न दिएँ । आफ्नै जग्गा दिएर सिटीइभिटी बनाएँ ।’

ओलीलाई आफूमात्र दानी हुँ भन्ने लाग्ने गरेको टिप्पणी गरे । इलामको सीटीइभीटी डाँडामा गएर अवलोकन गर्न भने । उनले भने,‘कतै हाम्रो प्रतिपक्षीका नेतालाई आफूमात्र दानी छु भन्ने लागेको होला । अरु पनि होलान् र आउलान् पनि ।’

खनालले ओलीले जे पनि आफूले मात्र गरेको भन्ने गरेकोमा कडा जवाफ दिदै अरु नेताले पनि आफ्नो सम्पत्ति राज्यलाई दिंदै जाने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..