पलान्चोक भगवती मन्दिर उद्घाटन कार्यक्रम सम्पन्न


बिराटनगर । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालयको परिसरमा नवनिर्मित पलाञ्चोक भगवती मन्दिरको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

आज बिहान कार्यालयको परिसरमा सम्पन्न एक बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.ले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।

मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी. ले धार्मिक कार्यक्रमहरुले प्रहरीमा भाईचारा, बन्धुत्वको विकास सँगै सदाचार, सदभावको भावनामा बृद्धी भई समाजमा नैतिकता स्थापित हुने कुरामा बिस्वस्त रहेको बनाउनु भयो ।

वाहाले नागरीकको सहयोग बिना प्रहरीले सफलता प्राप्त गर्न नसक्ने हुँनाले सम्पुर्ण पलाञ्चोक भगवति मन्दिर निर्माणमा अतुलनिय सहयोग पुर्‍याउनु हुने दाता महानुभावहरुलाई समेत धन्यवाद दिनुहुदै कदर पत्रले सम्मान समेत गर्नु भयो ।

कार्यक्रममा मन्दिर निर्माण कार्यमा सहयोगी दाताज्युहरु, प्रहरी उपरीक्षक ज्युहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..