बालेनको सद्‌भाव र्‍याली, घरघरबाट हात हल्लाएर दिए बधाई

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहले शुक्रबार धन्यवाद र्‍याली निकालेका छन् ।

मतगणनास्थल राष्ट्रिय सभा गृहबाट निकालिएको र्‍याली सहरको विभिन्न क्षेत्रमा पुगेको छ । सो क्रममा काठमाडौंवासीले घरघरका छत र झ्यालबाट हात हल्लाएर बालेनलाई बधाई दिएका थिए ।

सडकमै यात्रारत व्यक्तिले आफू सवार सवारी साधनबाटै हात हल्लाएर बधाई दिएका थिए । जवाफ बालेनले पनि हात हल्लाएका थिए ।

सभागृहबाट सुरु भएको र्‍याली भद्ररकाली, त्रिपुरेश्वर, माइतीघर-बबरमहल, बिजुली बजार, यूएन पार्क, शान्तिनगर, तिनकुने, कोटेश्वर, जडीबुटी, सिनामंगल, एयर्पोर्ट, तिलगंगा, गौशाला, चावहिल, महाराजगंज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, सितापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालीकाम, टेकु, त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा आएर सभामा परिणत हुनेछ ।

उनको र्‍यालीमा उनका समर्थकहरुको स्वतःस्फूर्त रुपमा सहभागी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..