यौन दुर्व्यवहार गरेको आरोपमा अर्का एक सुन्दरी प्रतियोगिताका सञ्चालक पक्राउ

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा अर्का एक सुन्दरी प्रतियोगिताका संचालक पक्राउ परेका छन् ।

झापामा सुन्दरी प्रतियोगिता जिताउने प्रलोभन देखाएर किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘मिस्टर एन्ड मिस कलेज २०२२’ को आयोजक संस्था शंकर आट्र्स फाउन्डेसनका निर्देशक लालबहादुर शंकर पक्राउ परेका हुन् ।

दमक घर भएकी १७ वर्षीया किशोरीको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले फेसबुक म्यासेन्जर तथा ह्वाट्स एपमार्फत आफूसँग नजिक भएमा प्रतियोगिता जिताइदिने भन्दै यौन दुर्व्यवहार गरेको किशोरीको आरोप छ ।

इलाका प्रहरी कार्यालयमा किशोरीले वैशाख २८ मा उजुरी दिइएकी थिइन् । प्रहरीले भने चुनावी चहलपहलमा व्यस्त भएको भन्दै तीन दिनअघि मात्र उनलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरी शंकरमाथि बाल यौन दुरूपयोग कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..