गरुडा नगरपालिकामा प्रमुखमा एमाले,उपप्रमुखमा कांग्रेस विजयी

रौतहट । रौतहटको गरुडा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार कन्थमनीप्रसाद कलवार विजयी भएका छन् । कलवारले नेकपा एकीकृत समाजवादीका उम्मेदवार बृजकिशोर यादवलाई झिनो ३८ मतान्तरले पराजित गरेका छन् । निर्वाचित कलवारले ४ हजार ५६४ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी यादवले ४ हजार ५२६ मत पाए ।उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगर उपप्रमुख पदमा कांग्रेसका पुनम चौधरी विजयी भएकी छन् ।

चौधरीले जसपाकी उम्मेदवार बिन्दुकुमारी देवीलाई २ हजार २२६ फराकिलो मतान्तरले पराजित गरिन् । चौधरीले ६ हजार ७०३ मत पाइन् । निकटतम प्रतिद्वन्द्वी देवीले ४ हजार ४७७ मत पाइन् ।

निर्वाचित चौधरी स्व. पत्रकार मनोज चौधरीका श्रीमती हुन् । कोभिड संक्रमणका कारण पत्रकार चौधरीको चार महिनाअघि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..