ईट्टालाई सुन भनि बिक्री गर्न खोजेको आरोपमा पाँचजना पक्राउ


दाङ । दाङको तुलसीपुरमा सुन भनि ईट्टालाई झुक्याउन खोजेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।उनिहरुको साथबाट जेब्रा झोलाभित्र लुकाई राखेको दुई वटा ईट्टा र सुन जस्तो देखिने धातुको टुक्रा १ थान बरामद गरेको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रानाका बस्ने २६ वर्षीय राजकुमार बुढा, सोहि ठाउँ बस्ने २४ वर्षीय प्रकाश खड्का, दार्चुला ब्यास गाउँपालिका २ बस्ने २३ वर्षीय सुरेन्द्र सिंह धामी रहेका छन् ।

यस्तै, सल्यानको शारदा नगरपालिका १ बस्ने ४९ वर्षीया सावित्रा बुढाथोकी र सोहि जिल्ला कुमाख गाउँपालिका १ बस्ने ३० वर्षिया गीता बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

आइतबार राति ९ बजे तुलसीपुर उपमहानगरपालिका ६ स्थित एकान्त होटलमा अवैध सुन बिक्री बितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीको उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..