काठमाडौं । विकट क्षेत्रका महिलालाई सुत्केरी गराउन हवाई लिफटिङ सेवालाई प्रभावकारी बनाइने भएको छ । विकट गाउँमा सुत्केरी हुने समस्या भएका महिलालाई दिइँदै आएको हवाई लिफ्टिङ सेवालाई थप प्रभावकारी बनाउन थालिएको हो ।
मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले हवाई लिफ्टिङ सेवालाई सरकारले प्राथमिकता दिने बताइन् ।त्यस्तै, बालबालिकाको पोषणसम्बन्धी विषेश कार्यक्रम ल्याइने समेत राष्ट्रपति भण्डारीले बताइन् ।
त्यस्तै, बालबालिकाको पोषणसम्बन्धी विषेश कार्यक्रम ल्याइने समेत राष्ट्रपति भण्डारीले बताइन् ।


