अछाममा एमालेबाट जितेका गाउँपालिका अध्यक्षले कार्यालयमा टागे ओलीको फोटो !

अछाम । कुनै पनि तहको उम्मेदवार बन्नका लागि राजनीतिक दलले टिकट दिन्छन् र टिकट पाउनेले पार्टीको आधिकारिक चुनाव चिन्ह लिएर मत माग्छन्। स्वतन्त्र उम्मेदवारको हकमा भने पार्टीले टिकट दिने कुरा लागू हुँदैन।

जसले निर्वाचनमा जसले सबैभदा बढी मत प्राप्त गर्छ उसैले चुनाव जित्छ। चुनाव लड्दा जुनसुकै पार्टीको चिन्ह लिए पनि चुनाव जितिसकेपछि भने सबै नागरिकको प्रतिनिधि हुन्छ। चुनाव जितिसकेपछि उसले गर्ने काम, उसको आचरण, व्यवहार पनि साझा हुनुपर्छ।

हालै स्थानीय तहको निर्वाचन सम्पन्न भएर देशका अधिकांश स्थानीय तहले जनप्रतिनिधि पाइसकेका छन् भने केही पालिकामा मत गणना जारी रहेकाले जनप्रतिनिधिको टुंगो लाग्ने क्रम जारी छ। निर्वाचित भएर शपथ खाइसकेका जनप्रतिनिहरू भटाभट निर्णय गर्न थालिसकेका छन्।

यसैक्रममा अछामको तुर्माखाँद गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले भने कार्यकक्षमा आफ्नो पार्टी अध्यक्षको फोटो टाँसेरप दभार ग्रण गरेका छन्। यस्तो गर्ने जनप्रतिनिधि हुन् नवनिर्वाचित पालिका अध्यक्ष डम्बर बहादुर विसी। उनी नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। उनले आफ्नो कार्यकक्षमा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर झुण्ड्याएर जिम्मेवारी सम्हालेका छन्।

विसीले गाउँपालिका कार्यालयमा आफ्ना पार्टी अध्यक्षको फोटो झुन्ड्याएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। सरकारी सेवासुविधा खाने जनप्रतिनिधि भएर गाउँपालिका कार्यालयमा आफ्नो पार्टी अध्यक्षको फोटो टाँसेर पार्टी कार्यालय बनाउन खोजेको भन्दै धेरैले आलोचना गरिरहेका छन्। सामान्यता कार्यालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रिको फोटो झुण्ड्याउने प्रचलन छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..