चिनियाँ सामानको भाउ नबढ्ने

काठमाडौं । चिनियाँ श्रमिकको ज्याला वृद्धि भए पनि त्यसले नेपाली बजारमा कुनै असर नपर्ने भएको छ । चीनका विभिन्न ठूला कम्पनीले श्रमिकको ज्याला बढाएपछि चिनियाँ सामानको भाउ बढ्ने आशंका गरिएको थियो तर अर्थशास्त्रीहरूले त्यसो नहुने बताएका छन् ।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘नेपालमा आउने सामानहरु पहिलो श्रेणीका नहुने भएकाले श्रमिकको ज्यालावृद्धिले नेपाली बजारमा कुनै असर पर्दैन ।’ नेपाल–चीन व्यापारसम्बन्धी एक विज्ञका अनुसार चलन गइसकेका, कमसल, पाना र सेलमा राखिएका सामान नेपाल आउँछन् ।

जुन अरू सामानको तुलनामा सस्ता हुन्छन् । यस्ता सामानमा श्रमिकको ज्यालाले कुनै असर नपर्ने उनको तर्क छ । तलब बढाउनुपर्ने माग गर्दै हडतालमा उत्रिएका फक्सकम कम्पनीका ११ जनाले आत्महत्या गरेपछि उसले ७० प्रतिशत तलब वृद्धि गरेको छ ।

त्यस्तै होन्डाले हडताल रोक्न र कामदारलाई काममा फर्काउन २४ प्रतिशत तलब बढाउनु परेको थियो । ताइवानको ह्यान्डसेट कम्पोनेन्ट मेकर मेरी इलेक्ट्रिक कम्पनीले ७ हजार कामदारहरूको सुरुको ज्यालामा १७ प्रतिशतले वृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..