अवैध लागूऔषध सहित पक्राउ

बाँके । नेपालगंज उपमहानगरपालिका-२० स्थित सडकबाट जानकी गाउँपालिका-६ बस्ने २१ वर्षीय चेत राम सोनीलाई करिब १ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले चेत रामलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।


मकवानपुर, राक्सिराङ गाउँपालिका-५ घिउखानीस्थित सडकबाट सोही ठाउँ बस्ने २२ वर्षीय बिजय थिङलाई करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..