अचाक्ली बढ्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ। निगमले एक साताकै अवधिमा दोस्रोपटक मूल्यवृद्धि गरेको हो। निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय रूपैयाँ बढाएको छ। त्यसैगरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन (आन्तरिकतर्फ) लिटरमा १० रूपैयाँ मूल्य बढाइएको छ। बढेको मूल्य आइतबार रातिबाट कार्यान्वयनमा आएको छ ।

ग्यासको मूल्य सिलिन्डरमा १ हजार ६ सय रूपैयाँबाट बढाएर १ हजार ८ सय रूपैयाँ पुर्‍याइएको छ। निगमले ग्यासमा प्रतिसिलिन्डर १ हजार ५० रूपैयाँ १८ पैसा घाटा बेहोर्दै आएको थियो। निगमको ग्यासमा लागत प्रतिसिलिन्डर २ हजार ६ सय ५० रूपैयाँ १८ पैसा छ। मूल्य बढाउँदा पनि निगमलाई ग्यास सिलिन्डरमा अझै ८ सय ७९ रूपैयाँ ७५ पैसा घाटा छ ।

त्यसैगरी पेट्रोलको मूल्य लिटरको १ सय ८०, डिजेलको मूल्य १ सय ६३ रूपैयाँ र हवाई इन्धनको मूल्य लिटरको १ सय ६६ रूपैयाँ पुगेको छ। भाउ बढाउँदा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ ६४ पैसा र डिजेलमा २६ रूपैयाँ ८२ पैसा घाटा रहेको प्रवक्ता विनितमणि उपाध्यायले बताए। मूल्यवृद्धि गर्दा पनि १५ दिनमा ३ अर्ब ३५ करोड रूपैयाँ घाटा हुने निगमले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..