इमरान खानमाथि मरयाम नवाजको गम्भीर आरोप

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानमाथि सत्तारुढ दलकी नेता मरयाम नवाजले अनियमितताको आरोप लगाएकी छिन् । मरयामले खानमाथि आफ्ना साथीलाई ४ करोड रुपी सरकारी ढुकुटीबाट लाभ दिएको आरोप लगाएकी हुन् ।

निजी टेलिभिजन द न्यूज इन्टरनेशनलका सीइओ समेत रहेका सलमान इकवाललाई उक्त रकम दिनुका साथ १२ करोड रुपी कर समेत छूट गराएको आरोप लगाएकी छिन् । उक्त टेलिभिजन च्यानलले राज्यका संस्थाहरुमाथि योजनावद्ध तरिकाले आक्रमण गरिरहेको टिप्पणी समेत गरेकी छिन् । सलमानमाथि सुन तस्करीको आरोप समेत लगाएकी छिन् ।

इमरानको कार्यकालमा कतिपय अनियमितताको घटनाबारे समेत मरयामले खुलासा गरेकी छिन् । अहिले खानका निकटस्थ र मरियमबीच आरोप प्रत्यारोप बढ्न थालेको छ । मरयाम पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..