क्वाड सम्मेलनमा भाग लिन मोदी जापानमा

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी क्वाड सम्मेलनमा सहभागी हुन जापान पुगेका छन् । उनी आज विहान जापान पुगेका हुन् ।

जापानका प्रधानमन्त्री फुमियो किसिडाको निमन्त्रणमा टोकियो पुगेका मोदी मङ्गलबार क्वाड सम्मेलनमा सहभागी हुनेछन् । उनले जापानमा रहेका प्रवासी भारतीय र जापानका व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

मोदीले जापान जानुअघि क्वाडका नेताहरुले आपसी हितका विषयमा छलफल गर्ने बताएका छन् । क्वाड नेताहरुको जापानमा हुन लागेको सम्मेलन चौंथो हो । क्वाड अमेरिका, जापान, भारत र अष्ट्रेलियाको सैन्य रणनीतिक संगठन हो ।

बुद्धमार्गी बहुसंख्यक रहेको जापान जानुअघि मोदी लुम्बिनीको भ्रमणमा आएका थिए । उनले लुम्बिनीमा बुद्ध जन्मस्थानमा प्रार्थना समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..