सम्मरीमाइ गाउँपालिकामा कांग्रेस विजयी


बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।अध्यक्षमा विनोदकुमार श्रीवास्तव र उपाध्यक्षमा कुमारी प्रियंका शाही सिंह विजयी भएका हुन् ।

श्रीवास्तवले चार हजार १३४ मत पाएर निर्वाचित हुँदा निवर्तमान गाउपालिका अध्यक्ष माओवादी केन्द्रका जितेन्द्र शुक्लाले तीन हजार ५०२ मत पाएका छन् ।

उपाध्यक्षमा कुमारीले ४००४ मत पाएर निर्वाचित हुँदा लोकतान्त्रिक समाजवादी पार्टीका विन्द्रावती गुप्ताले ३३०४ मत पाएकी निर्वाचन अधिकृत पिताम्बर भण्डारीले बताए ।

सातवटा वडामध्ये नेपाली कांग्रेसले वडा नं १, ३ र ४, लोकतान्त्रिक समाजवादी पार्टीले २ र ७ तथा माओवादी केन्द्रले वडा नंं ५ र ६ को वडाध्यक्ष जितेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..