बुटवल उपमहानगरपालिका : भट्टराईलाई फराकिलो मतान्तरले हराउँदै मेयरमा पाण्‍डेय निर्वाचित

बुटवल । बुटवल उपमहानगरपालिकाको (प्रमुख) मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्‍डेय निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बाबुराम भट्टराईलाई ७,५३३ मतान्तरले पराजित गरेका हुन् ।

पाण्डेयले ३०,१३० मत ल्याएर विजयी भएका छन् भने भट्टराईले २२५९७ मत ल्याएर चित्त बुझाउनुपर्यो ।

उपप्रमुख (उपमेयर) तर्फ एमालेकी सावित्रादेवी अर्यालले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार चीनबहादुर गुरुङलाई पराजित गरेका हुन् । अर्यालले २४,९०४ मत ल्याएर विजयी हुँदा गुरुङले १६,९८० मत ल्याउन सफल भए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..