सिराहा । भनिन्छ, लोकतन्त्रको आधार आवधिक निर्वाचन हो। निर्वाचन विना लोकतन्त्र जीवित रहन्न। त्यसैले लोकतन्त्रमा निर्वाचन अनिवार्य सर्त हो। सिद्धान्ततः निर्वाचन लोकतन्त्रको अभ्यासका लागि गरिन्छ, तर व्यवहारतः निर्वाचन गर्ने भनेको भौतिक विकास र राजनीतिक निकासका लागि हो।

लोकतन्त्रको स्वस्थता र सबलता अनि शासनको वैधताका लागि आवधिक निर्वाचन अपरिहार्य छ ।जत्तिको रक्तदान महत्त्वपूर्ण छ,त्योभन्दा बढी मतदान महत्त्वपूर्ण छ ! किनकि रक्तदानले केही सजिबहरूले पुनर्जीवन प्राप्त गर्छन् । मतदानले समाज र देशले नयाँ जीवन प्राप्त गर्दछ।
राजनीतिक प्रतिस्पर्धामा हारजित एउटा स्वभाविक प्रकृया हो । नेपाली जनातको बलिदानीपुर्ण संघर्षबाट आज संघिय गणतन्त्र नेपाल भएको छ । समानुपातिक, समावेशी र सामाजिक न्यायको निमित्त निरन्तरण लडी रहने एक जिम्मेवार सिपाही हुनुको नाताले म र मेरो पार्टी तपाईहरुकै बीचमा रहेर हमेशा काम गर्ने प्रतिवद्धता जाहेर गर्दछु । साथै सहयोग र समर्थन सहित विश्वासको मतदान दिनुहुने सबैलाई धन्यवाद ।
प्रतिस्पर्धामा हारजित हुनु भनेको लोकतन्त्रमा एउटा सुन्दर पक्ष हो । मन जित्नेले नै सबै जित्न सक्छ भने सोच अनुरुप
हजुरहरुको मन र मत दुबै जित्न सफल भएको ठानेको छु। निर्वाचनको क्रममा मैले धेरै कुरा सिक्ने अवसर पाए । यसलाई मैले पुरस्कारको रुपमा ग्रहण गरेको छु । सबै मानिसको मन धमिलो हुदैन, सबै मानिस धोकेवाज पनि हुदैनन । कहिले काही तेल सकिएर दियो निभेको हुन सक्छ, हरेक समय हावा मात्र दोषी हुदैन ।
जित्नेलाई मान र हार्नेलाई सम्मान भन्ने अभिप्रायका साथ यस पटकको चुनावमा निकटतम प्रतिद्वन्द्वीको रुपमा रहनुभएको नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार शत्रुधन प्रसाद साह र जनता समाजवादी पार्टीका प्रयाग लाल यादव लगायत सबै प्रतिस्पर्धी उम्मेदवारहरु प्रति सम्मान प्रकट गर्दै गाउँपालिकाको विकास , शान्ति सुरक्षा र सामाजिक सद्भभाव कायम गर्न रचनात्मक सहयोगको अपेक्षा राखेको छु।
स्थानिय तहको निर्वाचन सफल र शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने निवर्नाचन आयोग, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, मतदाता, बुद्धिजिवी, पत्रकार, मानवअधिकारकर्मी,सम्पुर्ण शुभचिन्तक नेता, कार्यकर्ता र आम गाउँपालिकाबासीहरुलाई हालै सम्पन्न निर्वाचनको परिणाम र जनताको जनादेशलाई सम्मान गर्दै उत्साह र उमंगका साथ अघि बढ्न र यस गाउँपालिकाको विकासमा अग्रसर हुनुको साथै सुशासन, विकास र समृद्धिको ढोका खोल्न हार्दिक अनुरोध गर्दछु ।


