मधेश प्रदेशका मुख्यमन्त्री राउतकी श्रीमती पराजित

पर्सा । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती जलेखा खातुनले स्थानीय तहको निर्वाचनमा हार ब्यहोरेकी छन्। 

जलेखा जनता समाजवादी पार्टी (जसपा) बाट पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी थिइन्। उनले तीन हजार १२३ मत प्राप्त गर्दै तेस्रो स्थान प्राप्त गरेकी छन्। 

जगरनाथपुरको उपाध्यक्षमा नेपाली कांग्रेसकी बबिता सिंहले पाँच हजार ५३१ मत सहित विजयी भएकी छन्। नेकपा (एमाले) की मीरादेवी कुर्मीले तनी हजार ३४५ मत ल्याएर दोस्रो भएकी छन्।

यस्तै‚ मुख्यमन्त्री राउतका पूर्व स्वकीय सचिव दीपक यादव पनि पराजित भएका छन्। उनी निर्वाचन हुनुभन्दा केहीअघि स्वकीय सचिवबाट राजीनामा दिएर जसपाबाट पर्साको पटेर्वासुगौली गाउँपालिकाको मेयरको उम्मेदवार बनेका थिए। यस गाउँपालिकामा नेपाली कांग्रेसका दिनेश कुमार चौधरी थारु पाँच हजार १४४ मत सहित विजयी भएका छन्।

दिनेशले एमालेका हरिनारायण चौधरीलाई पराजित गरेका हुन्। निवर्तमान अध्यक्ष हरिनारायणले तीन हजार ९४४ मत पाएका छन्। नेपाल सुशासन पार्टीका लालबाबु महरले ७२३ मत र जसपाका दीपकले ४६९ मत पाएका छन्। दीपकले जमानत समेत जोगाउन सकेन्न।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..