स्थानीय तहका नयाँ जनप्रतिनिधिको कार्यकाल आजदेखि

काठमाडौं । आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल शुरु भएको छ। 

२०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिहरुको कार्यकाल बिहीवार रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुक्रवारबाट शुरु भएको हो। नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थानमा आउन बाँकी छ।

नयाँ जनप्रतिनिधिहरुको मतगणना कार्य नसकिए पनि आजबाट नै जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको मानिने छ। तर मत गणना नसकिएका स्थानीय तह भने आजबाट जनप्रतिनिधिविहीन हुनेछन्। 

७ सय ५३ पालिकामा मेयर÷अध्यक्ष ७ सय ५३ तथा उपमेयर÷उपाध्यक्ष गरी ७ सय ५३ जना, ६ हजार ७ सय ४३ वडाध्यक्ष,  ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ जना खुला वडा सदस्य गरी ३५ हजार २ सय २१ जना जनप्रतिनिधि रहने व्यवस्था छ । 

देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका र ६ हजार ७ सय ४३ वडा रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..