धनगढीमाई नगरपालिकामा नेकपा एमालेका मेयर र काँग्रेकी उपमेयर विजयी

जिरोमाइल । सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली काँग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन्। नेकपा एकालेका जिल्ला सचिव समेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन्।

महतो नेपाली काँग्रेसका जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई १ सय ५५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्।

निकटतम प्रतिस्पर्धि यादवले ६ हजार ९ सय १ मत ल्याउँदा निवर्तमान मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिनारायण चौधरीले ४ हजार ३ सय ६९ मत प्राप्त गरेका छन्।

उपमेयर संगीता कुमारी चौधरी ६ हजार ६ सय १३ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धिहरु नेकपा एमालेका शोभा कुमारी रालले वरालले ६ हजार ३ सय ७८ र निवर्तमान उपमेयर तथा नेकपा माओदी केन्द्रका फूलकुमारी श्रेष्ठले ४ हजार ३ सय १४ मत प्राप्त गरे।

जम्मा १४ वडा रहेको यस पालिकामा सवैभन्दा बढी नेपाली काँग्रेस ६ वटा, नेकपा माओवादी केन्द्रले ३ वटा, नेकपा एकालेले २ वटा, नेकपा एकीकृत समाजवादी १, जसपा १, जनमत १ वडामा विजयी भएका छन्।

नेपाली काँगै्रसका वडा नम्वर १ मा सूर्यनारायण यादव ६७८, वडा नम्वर २ मा हमिद मियाँ ४७१, वडा नम्वर ४ मा ओमप्रकाश यादव ४२१, वडा नम्वर ५ मा रामजतन कामैत ६३१, वडा नम्वर १० मा सरोज कुमार महतो ४८५ र वडा नम्वर १४ मा अनिल ठकुरी ५२२ मत प्राप्त गर्दै विजयी भएका छन्।

नेकापा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएकामध्ये वडा नम्वर ३ मा विरेन्द्र कुमार साह ७३३, वडा नम्वर ९ मा प्रकाश योञ्जन ६४२ र वडा नम्वर १३ मा सूर्यमान तामाङ ६९९ मत सहित निर्वाचित भएका छन्।

नेकपा एमालेको ११ नम्वर वडाबाट अशोक कुमार श्रेष्ठ ५५०, वडा नम्वर १२ मा जय प्रकाश ठाकुर ७६३ मत प्राप्त गर्दै विजयी भएका छन्।

नेकपा एकीकृत समाजवादीबाट वडा नम्वर ६ मा भगलु महतो ६३४,जसपाबाट वडा नम्वर ७ मा विजय महतो ६२४ र जनमतबाट वडा नम्वर ८ मा राम भरोस महतो ३८४ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..