भरतपुरमा रेनुले कटाइन् २० हजार मत

चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर मेयर उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ । दाहालले मतान्तर फराकिलो बनाउँदै अग्रता कायमै राखेकी छन् ।

आज बिहान सम्मको गणनाअनुसार उनले २० हजार ४९२ मत ल्याएकी छन्। ५४ हजार ४२ मत गन्दा उनले यो मत ल्याएकी हुन्।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १७ हजार १८२ मत ल्याएका छन्।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७८८२ मत प्राप्त गरेका छन्। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२९५२ मत पाएका छन्। उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले १३६४६ मत पाएकी छन्। भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..